खेल ३ वैशाख २०८१
आर्सनल र लिभरपुललाई धक्का, सिटीलाई फाइदा

एजेन्सी

लण्डन । आर्सनल र लिभरपुल आफ्नै घरेलु मैदानमा पराजित भएपछि शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई फाइदा पुगेको छ । उपाधि दाबेदार दुई टोली एकै दिन पराजित भएपछि सिटीले शीर्ष स्थानमा दुई अङ्कको अग्रता बनाउन सफल भएको हो ।

आर्सनल एस्टन भिल्लासँग ०–२ गोलले स्तब्ध बन्यो । खेलको अन्त्यतिर भिल्लाले ३ मिनेटको अन्तरमा दुई गोल गरेको थियो । ८४ औँ मिनेटमा लियोन बेलीले पहिलो गोल गरे भने लगत्तै ओली वाटकिन्सले अर्को गोल थप्दै भिल्लालाई जित दिलाए ।

यसअघि आइतबार नै खेलिएको अर्को खेलमा लिभरपुल आफ्नै घरेलु मैदानमा क्रिस्टल प्यालेससँग ०–१ गोल अन्तरले पराजित हुन पुगेको थियो । ३२ खेलबाट सिटी ७३ अङ्कसहित प्रिमियर लिगको शीर्ष स्थानमा रहेको छ । समान खेलबाट आर्सनल र लिभरपुलको समान ७१–७१ अङ्क छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार