समाचार खेल १४ पौष २०७९
बिच भलिबलमा नेपालको महिला टोली दोस्रो

ओमकार टाइम्स

नेपालको महिला भलिबल टोली बंगलादेशमा जारी काभा बिच भलिबल प्रतियोगितामा उपविजेता बनेको छ । बिहीबार भएको फाइनलमा नेपाल श्रीलंकासँग २–० को सेटमा पराजित भएको हो ।

बंगलादेशको कक्स बजारमा कोपिला उप्रेती र कमला पुनको जोडी रहेको नेपाललाई श्रीलंकाले २१–११ र २१–११ ले हराएको हो । यसअघि नेपालले सेमिफाइनलमा उज्वेकिस्तानलाई २–० को सेटमा हराएर फाइनल यात्रा तय गरेको थियो ।

पुरुषतर्फ नेपालको टोली फाइनल प्रवेश गरेका छन् । पुरुषतर्फ मान बहादुर श्रेष्ठ र दिल बहादुर सुनारको जोडी रहेको नेपालले सेमिफाइनलमा किर्गिस्तानलाई २–० को सेटमा हराएर फाइनल स्थान बनाएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार