समाचार अपराध ९ माघ २०७९
स्पट फिक्सिङमा ४ नेपालीसहित १० जना संलग्न रहेको सीआईबीको निष्कर्ष

ओमकार टाइम्स

 गत महिना काठमाडौंमा भएको नेपाल टी-२० लिगमा स्पट फिक्सिङमा ४ नेपालीसहित १० जना संलग्न भएको प्रहरीले निष्कर्ष निकालेको छ । उक्त घटनाको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) स्रोतका अनुसार स्पट फिक्सिङमा ४ जना नेपाली र ६ जना विदेशी संलग्न छन् ।

यस्तै स्पट फिक्सिङमा संलग्न भएको आरोपमा थप १ जना पक्राउ गरेका छन् । महबुब आलम र आदिल अन्सारी पक्राउ गरेका छन् । यस्तै थप एक जनालाई पक्राउ गरिएको सीआईबी स्रोतले जनाएको छ । यद्यपि उनको नाम खुलेको छैन । त्रिवि क्रिकेट मैदानमा ९ देखि २७ पुससम्म नेपाल टी-२० लिग भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार