समाचार १३ भाद्र २०८०
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा महर्जन र महासचिवमा श्रेष्ठको उम्मेदवारी घोषणा

ओमकार टाइम्स

ललितपुर । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षका लागि रूपकमान महर्जनले उम्मेदवारी घोषणा गरेका छन् ।

महर्जन ललितपुर खाद्य व्यापार संघको अध्यक्ष समेत हुन् ।

उम्मेदवारी घोषणा गर्दै महर्जनले भने, ‘हाम्रो समूहमा ललितपुर जिल्लाका चिरपरिचित व्यवसायीहरू र व्यवसायीहरूका अधिकारको लागि दत्तचित्त भएर लागेका कर्मठ साथीहरू हुनुहुन्छ र हाम्रो जीत सुनिश्चित छ ।’

यस्तै महेश श्रेष्ठले महासचिवका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

श्रेष्ठ निरन्तर रूपमा तीन कार्यकाल कार्यसमिति सदस्य रूपमा रहिसकेका छन् ।

असोज १९ गते शंखमुलस्थित यल दरबारमा संघको साधारण सभा र २० गते स्टाफ कलेज, जावलाखेलमा निर्वाचन हुने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया