समाचार २० वैशाख २०८०
आँधिखोला ट्रक दुर्घटनामा तीन जनाको मृत्यु

ओमकार टाइम्स

दमौली । पृथ्वी राजमार्गको दमौली मुग्लिङ सडक खण्ड अन्तर्गत आँधिखोलामा भएको ट्रक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय तनहुँका डिएसपी मोहनबहादुर खाँणले जानकारी दिए अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा बन्दिपुर गाउँपालिका वडा नं १ बस्ने १२ वर्षीय आयुष भुजेल, ५० वर्षीय चेतबहादुर भुजेल र वर्ष ६९ का सनबहादुर भुजेल रहेका छन् ।

खाँणका अनुसार दुर्घटनामा परी घाइते भएकाहरू उपचारका लागि भरतपुर लैजाने क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा मृत्यु हुने पुगेको हो ।

दुर्घटना परी वर्ष १० कि जस्मिन भुजेल, वर्ष १० का ईश्वर भुजेल, वर्ष ८का समिर भुजेल र वर्षका सन्तोष भुजेल रहेका छन् ।

घाइतेहरूलाई तत्काल उपचारका लागि तत्काल आँबुखैरेनी स्थित अस्पतालमा लगिएको भएपनि थप उपचार भरतपुर लगिएको थियो । थप उपचारका लागि ५ जनाको अवस्था गम्भीर रहेको बुझिएको छ ।

प्रतिक्रिया