१० पौष २०७९
गृहमन्त्री खाणद्वारा क्रिसमसको शुभकामना

ओमकार टाइम्स

गृहमन्त्री बालकृष्ण खाणले इसाई धर्मावलम्बीहरूको महान चाड क्रिसमसको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन्।

आज एक शुभकामना सन्देशमार्फत् उनले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बीहरूमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, सम्वृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका हुन्।

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण रहेको र विविधतायुक्त सबै जाति, भाषा, धर्म, समूदाय र संस्कृतिको संरक्षण गर्न तथा तिनीहरूको प्रवर्द्धन गर्न सरकार सकारात्मक रहेको उनले उल्लेख गरे।

प्रतिक्रिया

सम्बन्धित समाचार