शेयर ८ असोज २०८०
शेयर बजार लगातार घटेसँगै खुम्चियो कारोबार रकम

ओमकार टाइम्स

काठमाडौं । साताको दोस्रो दिन पनि शेयर बजारमा गिरावट आएको छ भने कारोबार रकम पनि खुम्चिएको छ ।

साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको शेयर बजार आज ५.८९ अंकले घटेर २००४.४५ बिन्दुमा कायम भएको छ ।

यसदिन बजारमा १ अर्ब ५६ करोड ५५ लाख ७३ हजार ४७१ रुपैयाँको कारोबार हुँदा ६५ लाख १६ हजार ६ कित्ता सेयरको खरिदबिक्री भएको हो । अघिल्लो कारोबारका तुलनामा आज कारोबार रकम भने खुम्चिएको छ । जहाँ अघिल्लो दिन आइतबार मात्रै २ अर्ब बढिको कारोबार भएको थियो ।

आज सुभम पावर लिमिटेड र थ्रि स्टार हाइड्रोपावर लिमिटेडले नाकारात्मक सकिर्टका सार्थ सर्वाधिक गुमाएका छन् । माइखोला हाइड्रोपाावर लिमिटेर सकारात्मक सकिर्टका सार्थ सर्वाधिक नाफामा रहेको छ ।

त्यसैगरी कारोबारका आधारमा सन लाईफ नेपाल इन्स्योरेन्स कम्पानी ७ करोड ६८ लाख ९६ हजार रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार