अर्थतन्त्र ५ श्रावण २०८०
ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकबारे अनलाइन मार्फत जानकारी लिन सकिने

ओमकार टाइम्स

काठमाडौँ । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकबारे अनलाइन मार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुवात गरेको छ ।

सानिमा बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेमा उल्लेखित क्युआर स्क्यान गरेर तथा बैंकको आधिकारिक वेवसाइट मार्फत लिन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यसैगरी, बैंकले गुड फर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुविधाको व्यवस्था गरेको छ । यस अन्तर्गत चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइट मार्फत लिन सकिनेछ ।

यस सुविधाको सुरुवातसँगै नक्कली ब्यालेन्स सर्टिफिकेट र नक्कली गुड फर मेमेन्ट चेकहरूबाट ग्राहकहरूलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ ।

सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।

प्रतिक्रिया