समाचार ४ पौष २०८०
‘डीआई’ले छात्रालाई ह्यारेसमेन्ट गरेको भन्दै ह्वाइट हाउसका विद्यार्थीको प्रदर्शन

ओमकार टाइम्स

काठमाडौं । काठमाडौंको तिनकुनेस्थित वाइटहाउस इन्टनेसनल कलेजकी छात्रामाथि यौन दुर्व्यवहार गरेकाे भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

कक्षा १२ मा पढ्ने छात्रालाई कलेजका अनुशासन प्रमुख (डीआई)ले यौन दुर्व्यवहार  गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । बुधबार छात्रामाथि दुर्व्यवहार  गरेपछि विद्यार्थीहरुले प्रधानध्यापक समक्ष कुरा गरेका थिए ।

तर उल्टै प्रधानध्यापकले यो कुरा बाहिर ल्यायो भने कलेजबाट निस्काशन गरिदिने, फेल गराइदिने धम्की दिएको विद्यार्थीहरुले बताए । साथै उनीहरुमाथि प्रधानध्यापकले  कक्षाकाेठाभित्र थुनेर कुटपिट गरेकाे  उनीहरुकाे भनाइ छ ।

उनीहरुका अनुसार विद्यार्थीहरुले प्रहरीमा खबर गर्दा उल्टै प्रहरीले कलेज प्रशासनसँग मिलेर विद्यार्थीहरुमाथि कुटपिट गरेकाे थियाे । आज अभिभावकहरुले  डीआईलाई कारबाही गर्न माग गर्दै


प्रतिक्रिया

सम्बन्धित समाचार