समाचार अपराध २३ वैशाख २०८०
रौतहटमा चोरीको मोटरसाइकलसहित ३ जना सार्वजनिक

ओमकार टाइम्स

पछिल्लो केहीदिन भित्रै रौतहटको विभिन्न ठाउँ बाट चोरिभएको तीन मोटरसाइकल बरामद गरी प्रहरीले चोरीमा संलग्न तीन जना आरोपी चोरलाई शुक्रवार साँझ सार्वजनिक गरेको हो।

इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले खोजतलास गरी बरामद गरेको मधेस प्रदेश ०२-००५ प ९४२५ नम्वरको यमहा कम्पनीको मोटरसाइकल,  ना‍‍.४६ प ६२४७ नम्बरको हिरो कम्पनीको सुपर स्पेलेण्डर मोटरसाइकल, बा. ६९ प ९३६१ नम्बरको बजाज कम्पनीको २०० सिसीको मोटरसाइकल चोरीको आरोपमा तीनै जनालाई पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा सर्लाही घर भएका वर्ष १९ को श्याम महतो, सर्लाहीकै वर्ष १९ को नजरे नदाफ र सप्तरी  घर भएका वर्ष २० को सिद्धार्थ महतो रहेको इलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका डिएसपि एकनाराण कोइरालाले बताएका छन्। मोटरसाइकलसहित पक्राउ परेका तीनै जना मानिसहरूलाई रौतहट जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा म्याद थप गराइ अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।




प्रतिक्रिया

सम्बन्धित समाचार