मन्त्रिपरिषद् विस्तारबारे छलफल गर्न शीतलनिवास पुगे प्रधानमन्त्री

ओमकार टाइम्स

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन्। मन्त्रीमण्डल विस्तारपछि आजै शपथ गराउने तयारीमा रहेका प्रधानमन्त्री प्रचण्ड त्यसअघि शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका हुन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार शुक्रबार दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ गराउने तयारी छ। प्रधानमन्त्रीले राष्ट्रपति कार्यालयमा नाम बुझाएपछि सोही अनुसार शपथ लगायतको व्यवस्थापन राष्ट्रपति कार्यालयले गर्नुपर्ने भएकाले प्रधानमन्त्री शीतल निवास गएको बुझिएको छ।

प्रचण्ड नेतृत्वको सरकारमा ९ वटा दल सहभागी हुँदैछन्। जसमा कांग्रेसले ८, माओवादीले ५, जसपा र नेकपा एसले २/२मन्त्रालय पाउनेछन्। त्यसैगरी जनमत, लोसपा, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीबाट १-१ जना मन्त्री बन्ने भएका छन् । त्यसैगरी मंसिरको चुनावअघि एमाले छाडेर स्वतन्त्रबाट जितेपछि आमजनता पार्टी खोलेका प्रभु साह पनि मन्त्री बन्दैछन्।

प्रतिक्रिया