राजनीति ४ पौष २०७९
प्रधानमन्त्रीका लागि मरिहत्ते गर्दैन, अवसर पाए छोड्दैन : प्रचण्ड

ओमकार टाइम्स

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीमा आफूले औपचारिक रुपमा दाबी नगरेको बताएका छन् । प्रेस सेन्टर नेपालले सोमबार चितवनमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनमा आफूले प्रधानमन्त्री पदका लागि औपचारिक रुपमा दावी नगरेको प्रष्टिकरण दिएका हुन् ।

‘देशको नेतृत्व गर्ने अवसर पायो भने जिम्मेवारी लिने कुरा गरेको छु । तर, तपाईंहरुले सुने जस्तो दाबी भनेर गठबन्धनभित्र औपचारिक ढंगले कुरा भएको छैन,’ प्रचण्डले भने, ‘बाहिर जसरी कुरा आएको त्यसरी औपचारिक रुपमा कुरा भएको छैन ।’

उनले भावी प्रधानमन्त्रीका लागि छलफल चलिरहेको र सत्ता गठबन्धनको बैठक बसेर सजिलै टुंगो लाग्ने पनि बताएका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्री र राष्ट्रपति दुवै पद राख्न खोजेको कुरा जानकारी नभएको पनि उनले बताए।

प्रचण्डले एमाले माओवादी पार्टी एकताका लागि बाहिर आएजसरी औपचारिक छलफल र कुराकानी पनि नभएको बताएका छन् । उनले राष्ट्रपति गैरदलीय व्यक्ति हुननसक्ने भन्दै केही बुद्धिजीवीहरुले त्यस्तो व्यक्ति हुदाँ राम्रो हुने भनेर भनेपनि अहिले त्यो सम्भावना नरहेको र दलबाटै राष्ट्रपति चयन हुने बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार