१४ पौष २०७९
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

ओमकार टाइम्स

नेपाली बजारमा बिहीबार सुनको घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा १ लाख ९०० मा कारोबार भइरहेको छ।

यस्तै तेजावी सुन तोलामा १ लाख ४०० रुपैयाँमा कारोबार भइरहको छ भने चाँदीको मूल्य तोलामा १३८० रुपैयाँ पुगेको महासंघले जनाएको छ। महासंघका अनुसार बुधबार चाँदीको मूल्य तोलामा १४०० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार