अर्थतन्त्र ९ श्रावण २०८०
नेप्सेमा ३६ अंकको गिरावट, २ अर्ब ९१ करोडको कारोबार

ओमकार टाइम्स

काठमाडौँ । मौद्रिक नीतिपछि उर्लिएको सेयर बजार क्रमशः घट्न थालेको छ । अघिल्लो दिन सोमबार २६ अंकले घटको नेप्से सूचक दोस्रो दिन मंगलबार थप ३६ अंकले घट्न पुगेको हो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से सूचक ३६.१९ अंकले घट्दै २१ सय ६४.३१ अंकको विन्दुमा ओर्लिएको छ । यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७.६२ अंकले घटेर ४११.१६ अंकको विन्दुमा झरेको नेप्सेले जनाएको छ । 

आज होटल तथा पर्यटन बाहेक बाँकी १२ वटै उपसूचक ऋणात्मक भएका छन् । होटल तथा पर्यटन समूहको उपसूचक १.२२ प्रतिशतले बढेको छ । 

३६ अंकमाथिले नेप्से घटेको बजारमा आज २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ । 

आव किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नबिल डिभेन्चरको मूल्य ६.८७ प्रतिशतले घटेको छ । 




प्रतिक्रिया