
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर रहेको जनाएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै सुन र चाँदीकै भाउ स्थिर रहेको जनाएको हो ।जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम छ ।
गत साताको शुक्रबार पनि सुनको मूल्य यही कायम थियो ।यसैगरी, आज चाँदीको मूल्य पनि स्थिर छ । आज चाँदी तोलामा ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।