
हेटौँडा । मकवानपुरमा आफ्नो काकाको घरमा विगत ४ वर्षदेखि बस्दै आएकी एकजना युवतीको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नंबर १४ नयाँबस्ती निवासी रामगोरख महत्तोको भतिजी २२ वर्षकी मनिषा महत्तोको शव फेला परेको हो ।
मनिषाको शव शनिबार काकाको घरबाट एक सय मिटर पश्चिमतर्फ फेला परेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।