सवारी दुर्घटनामा २ जनाको मृत्यु

बिराटनगर । पाँचथर र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका– २ पाँचथरका २४ बर्षीय भिम बहादुर माझी र रामधुनी नगरपालिका–३ सुनसरीका ६३ बर्षीय चन्द्रराज दाहाल रहेका छन ।

हिजो अपरान्ह साढे ३ बजे पाँचथरको फिदिम नगरपालिका–४ स्थित मध्य पहाडी राजमार्गमा को ४ प ८९९९ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका माझीको फिदिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो भने सुनसरीको इटहरी उप–महानगरपालिका–१७ स्थित चतरा सडक खण्डमा को २ च ८४४ नम्वरको पिकअप भेनले साईकल यात्री चन्द्रराज दाहाललाई ठक्कर दिँदा घाईते भएका दाहाललाई उपचारको लागि धरान घोपा तर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने पिकअप र चालक संजिव कुमार भगतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।