काठमाडौं : काठमाडौं उपत्यकासहित देशभर अत्यधिक चिसो बढेको  छ।

 

आज काठमाडौं उपत्यकामा यस वर्षकै सबैभन्दा कम तापक्रम मापन भएको छ। आज विहान उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस मापन भएको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।

 

महाशाखाकी मौसमविद् मन्जु बासीले देशका अधिकासं स्थानमा आज कम तापक्रम मापन भएको बताइन्। उनका अनुसार मौसमी प्रणालीका कारण चिसो बढेको हो। महाशाखाका अनुसार अहिले देशका अधिकांश तराई क्षेत्रमा बाक्लो हुस्सु र कुहिरो लागेको छ। मध्य, पुर्व र पश्चिमका धेरैजसो पहाडी भू–भागको मौसम आंशिक देखि सामान्य बदली भएको  छ।  बेलुकीपख पश्चिमी भेगका हिमाली तथा उच्च पहाडी एक दुई स्थानमा हल्का हिमपात हुने छ।