
झापा गौरादह
कमल गा. पा. वडा नं. १ सोलमारी स्थित द्रव्यलाभ कृषि सहकारी संस्था लि. को पाचौं साधारण सभा सप्पन्न भएको छ । कालिका आधारभुत विद्यालयमा सप्पन्न साधारणसभाले महेन्द्र बुढाथोकीको अध्यक्षतामा ९ सदस्यिय संचालक समिती सर्वसम्मत चयन गरिएको छ ।
समितिको उपाध्यक्षमा जय बहादुर अधिकारी, सचीवमा शरण कुमार अधिकारी, सहसचिवमा अमृत भट्टराई, कोषाध्यक्षमा ईन्दीरा अधिकारी र सदस्यहरुमा मित्र सेडाई, सुरज खड्का, कला खड्का र कृष्णमाया निरौला
यसैगरी मीन प्रसाद भण्डारीको संयोजक तथा चैतन्य प्र. चौलागाईं र बोध प्रसाद नेपाल सदस्य रहेकोे लेखा समिति समेत गठन गरिएको जनाइएको छ ।
वडा नं. १ का वडा अध्यक्ष केदार कट्वालको प्रमुख आतिथ्यता सम्पन्न कार्यक्रमको सभापतित्व संस्थाका निवर्तमान अध्यक्ष तिलक तिम्सिनाले गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका संस्थापक सदस्य दिपेन्द्र अधिकारीले गरेका थिए ।