
एजेन्सी; टर्कीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ ।
एलाजिग प्रान्तको सिभ्रिस बजार केन्द्र भएर गएराति गएको भूकम्पका कारण कम्तीमा १९ जनाको ज्यान गएको र केही भवन भत्किएका बीबीसीले जनाएको छ ।
अहिले उद्धारको काम भइरहेको छ । भूकम्पको धक्का सिरिया, लेबनान तथा इरानमा पनि महसुस गरिएको थियो ।
भूकम्पका कारण भवनहरुमा क्षति पुग्दा कयाैँ घाइते भएका छन् । भूकम्पको ठूलो धक्कापछि ६० भन्दा बढी परकम्पहरू गएकाे टर्कीको विपद व्यवस्थापनसम्बन्धी निकायले जनाएकाे छ ।
भूकम्पका कारण प्रभावित भएकाहरुलाई राहत र उद्धारका लागि ४०० टोली परिचालन गरिएको छ ।