ललितपुर । महानगरीय प्रहरी परिसर, ललितपुरबाट खटिएको प्रहरी टोलीले बाघको छालासहित २ जनालाई पक्राउ गरेको छ ।
लगनखेलस्थित बसपार्कबाट बाघको छाला ३ थान सहित २ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा ओखलढुङ्गा खिजिदेम्बा ५ घर भई काठमाण्डौ आरुवारी बस्ने दिपेन्द्र तामाङ र झापा बारदसी गाँउपालिका १ घर भई हाल काठमाण्डौ कपन बस्ने रोशन कामी रहेका छन् ।
विशेष सूचनाको आधारमा परिचालित प्रहरी टोलीले बाघको छाला बोकी हिँडिरहेको अवस्थामा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ ।
रातोपाटी