
पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने सबैजनाको कोरोना भाइरस संक्रमण भए नभएको परीक्षण गरिने भएको छ ।
अर्पाटमेन्टमा बस्ने २ जनामा कोरोना संक्रमण भेटिएपछि स्थानीय तहको पहलमा अर्पाटमेन्टका सबैको र्यापिड टेष्ट गरिने निर्णय भएको कागेश्वरी मनोहरा नगरपालिकाले जानकारी दिएको छ ।
नगरपालिकाका प्रमुख कृष्णहरि थापाका अनुसार अर्पाटमेण्टमा बस्ने २ सय ४२ जनाको आज परीक्षण गरिने र अन्यको क्रमश गर्दै लैजाने नीति छ ।
कोरोना संक्रमण देखिएको ब्लक ए बाट परीक्षण सुरु गरिएको उनले बताए ।
सनसिटीका ५ वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।