
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१२ डिभर्नाका प्रेमबहादुर खड्का जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका छन । कपिलवस्तु बुद्धभूमि नगरपालिकाबाट त्यहाँ गएकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडित महिलालाई होटलमा लगेर मदिरा सेवन गराएर करणी गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताएका छन् । ती महिलालाई भाडा तिरीदिने भन्दै उनले होटमा लगेको बताइएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर उनीमाथि अनुसन्धान भइरहेको छ ।