डडेल्धुरामा भारतीय प्रधानमन्त्री र भारतीय मिडियाको पुतला दहन

डडेल्धुरा : विश्वव्यापी रुपमा फैलिएको महामारीको बेलामा भारतीय पक्षधरबाट नेपाली भूमि अतिक्रमण गरेको विषयलाई लिएर डडेल्धुरामा प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन भएको छ । साथै भारतीय मिडियाले गरेको गलत प्रचारबाजीविरुद्धमा विभिन्न भारतीय मिडयाको समेत पुतला दहन गरिएको छ । डडेल्धुरा अजयमेरु गाउँपालिका वडा न .२ मा भारतीय प्रधानमन्त्री र मिडियाका पुतला दहन गरिएको हो ।

 

अनेरास्ववियु डडेल्धुरा कार्यालय सदस्य चन्द्र ऐरको नेतृत्वमा शुक्रबार साँझ एक कार्यक्रमका साथ भारतीय मिडियाको अफिसियल लोगो जलाउनुका साथै, लिपुलेक कालापानी र लिम्पियाधुरा हाम्रो हो भन्दै भारतीय विस्तारवाद मुर्दावाद, कथित भारतीय मिडिया मुर्दावाद, भन्ने लगायतका नारावाजीसमेत गरिएको ऐरले जानकारी दिए ।

 

सार्वजनिक बिदाबाहेकका दिन हेरी अजयमेरू गाउँपालिकाका सरकारी कार्यालयमा नेपालको नयाँ नक्सा टास्ने कार्यक्रमसमेत रहेको उनीहरुले जनाएका छन् । माटोको अस्तित्व जोगाउनका लागि हरदम लागि पर्ने युवाहरुको भनाइ छ । भारतीय मिडियाले नेपालको भूभागका विषयमा गरेको गलप्रचार हामीलाई सह्य नभएको भन्दै उनीहरुको समेत पुत्ला दहन गरी विरोध जनाएको बताएका छन् ।

 

विरोध कार्यक्रममा अनेरास्ववियु डडेल्धुराका पूर्वअधक्ष्य दिपक भट्ट (रोसन), अनेरास्ववियू डडेल्धुरा कार्यालय सदस्य चन्द्र सिंह ऐर , हरिदत्त भट्ट, हिमाल ऐर, नरेस ऐर ,विजय बोहरा ,खडक बोहरा , गोविन्द बोहरा र पदम भट्ट लगाएत सहभागी थिए ।