तेहरानको क्लिनिकमा बिस्फोट हुदा कम्तीमा १३ जनाको मृत्यु

इरानको राजधानी तेहरानको एक क्लिनिकमा भएको बिस्फोटमा कम्तीमा १३ को ज्यान गएको छ ।यो बिस्फोट सिना अतहर क्लिनिकमा भएको हो ।

 

अधिकारीका अनुसार दुर्घटनामा १३ को मृत्यु भएको छ र थुप्रै घाइते भएका छन् । मृतकको संख्या बढ्न सक्ने आशंका जताइएको छ ।इरानको सरकारी मिडियाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै बिस्फोट ग्यास लिकका कारण भएको बताएको छ ।

 

टिभीमा प्रसारण गरिएको तस्बिरमा आकाशमा धुँवा उडिरहेको देखिएको छ । दमकलकर्मीलाई आगोमाथि नियन्त्रण पाउन निकै समय लागेको बताइन्छ ।अधिकारीका अनुसार दुर्घटनामा मृत्यु हुनेमा धेरैजसो महिला रहेका छन् ।

 

यसअघि सेनाको क्याम्पमा पनि ठूलो बिस्फोट भएको थियो । यसको कारण पनि ग्यास लिक नै बताइन्छ ।

स्रोतः बीबीसी