भारतका नवनियुक्त विदेशमन्त्री एस जयशंकरलाई देउवाको बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भारतका नवनियुक्त विदेशमन्त्री एस जयशंकरलाई बधाइ दिनु भएको छ । शनिबार एक पत्र पठाउँदै पूर्व प्रधानमन्त्री देउवाले नेपाल-भारत सम्बन्धलाई झन उचाइमा पुर्याउने अपेक्षाका साथ बधाइँ तथा शुभकामना व्यक्त गर्नु भएको हो ।

 

पूर्व प्रधानमन्त्री देउवाले पठाउनु भएको पत्रमा छ ‘म तपाईंलाई भारत सरकारको विदेशमन्त्रीको रूपमा नियुक्तिमा कृतज्ञता व्यक्त गर्न चाहन्छु, प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारमा विदेश सेवामा लामो अनुभव र योगदानका कारण तपाईं सफल हुने र अझ उचाइमा पुग्ने र यसअघिका सहकार्याहरुलाई स्मरण गर्दै नेपाल र भारतबीचको सम्बन्ध अझ बलियो हुनेमा विश्वस्त छु ।’

पूर्व प्रधानमन्त्री देउवाले भारतका विदेशमन्त्री जयशंकरको यो कार्यकालमा नेपाल(भारतबीचको समबन्ध, सहकार्य र सहयोग अझैँ बढ्ने अपेक्षा गर्नु भएको छ । नेपालको संविधान जारी हुनुभन्दा २ दिनमात्र पहिले नेपाल आएका जयशंकरले भारतमा गरेको ब्रिफिङकै कारण नाकाबन्दी लागेको भन्ने आरोप लाग्दै आइरहेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा उनले २०७२ असोज १ र २ गते नेपालको भ्रमण गरी संविधान रोक्न दबाब दिएका थिए। कतिपयले जयशंकर विदेशमन्त्रीमा नियुक्तिहुनु नेपालसँगको सम्बन्धमा नकारात्क देखिएको आलोचनात्मक टिप्पणीसमेत गर्दै आएका छन् ।