
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहकाे सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेललाई सरकाले गोली हानि हत्या गरेको आरोप लगाएको छ । बिहिबार साँझ एक विज्ञप्ति जारी गर्दै नियन्त्रणमा लिएरपछि गाेली हानि हत्या गरेकाे बताएकाे हाे ।
जारी विज्ञाप्तीमा सर्लाहीको लालबन्दी वडा नम्बर १ लखन्ती खोलामा साथी कुरेको अवस्थामा नियन्त्रणमा लिएर एक गोली हातमा र एक गोली टाउकोमा प्रहार गरेको विप्लव समूहले जनाएकाे छ । यसअघि प्रहरीले भने पाैडेल दोहोरो भीडन्तमा मारिएका बताएकाे थियाे ।
विप्लव नेतृत्वको नेकपाका जनकपर ब्युरो इन्चार्ज अरुणद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘केपी-पिके सामाजिक दलाल सरकारले… कायरतापूर्वक हत्या गरेको छ। नेपाल कम्युनिस्ट पार्टी गैरन्यायिक हत्याको विरोध र भर्त्सना गर्दछ।’