
एजेन्सी । इङ्ल्यान्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकपमा पाकिस्तानले दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा दक्षिण अफ्रिकालाई ४९ रनले पराजित गरेको हो ।
लर्डस क्रिकेट मैदानमा पाकिस्तानले दिएको ३०९ रनको विशाल लक्ष्य पछएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै मात्र २५९ रन बनायो ।
दक्षिण अफ्रिकाका लागि कप्तान फाफ डु प्लेसिसले अर्धशतकीय पारी खेले । उनले ७९ बल मा ५ चौका प्रहार गर्दै ६३ रन बनाए । त्यस्तै क्वन्टन डि ४७ रन, एण्डिले फेह्लुक्वायो ४६, रस्सी भान डर डसेन ३६, डेबिड मिलर ३१ र क्रिस मोरिसले १६ रन जोडे ।
बलिङतर्फ पाकिस्तानका लागि वाहव रिज र शहाव खानले समान तीन(तीन विकेट लिए । त्यस्तै मोहम्मद आमिरले दुई विकेट लिँदा शाहीन अफरीदीले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३०८ रन बनाएको थियो ।
पाकिस्तानका लागि हरिस सोहेल र बाबर आजमले अर्धशतकीय पारी खेले । हरिस ६९ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८९ रन जोडे । बाबरले ८० बलमा ७ चौका प्रहार गर्दै ६९ रनको जोडे ।
पाकिस्तानका लागि फखर जमान र इमाम उल–हकले ४४/४४ रन जोड्न सफल भए । जमानले ५० बलमा ६ चौका र १ छक्का प्रहार गरे । इमामले ५७ बलमा ६ चौका प्रहार गरे । मोहम्मद हफिजलाई एडेन मार्करामले २० रनमा एलवी डब्लू आउट गरे । इमाद वासिमले १५ बलमा ३ चौका सहित २३,वहाब रियाजले ४ रन बटुले ।
बलिङतर्फ दक्षिण अफ्रिकाका लागि लुङ्गी एन्गिडीले सर्वाधिक तीन विकेट लिए । त्यस्तै इमरान ताहिरले दुई विकेट लिँदा एण्डिले फेह्लुक्वाया र एडन मार्करम एक/एक विकेट लिए ।
यो जितसँगै पाकिस्तान ६ खेलबाट ५ अंकसहित अंकतालिकाको सातौँ स्थानमा उक्लिएको छ भने पराजित दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिएको छ ।