आईपिएल: लयमा रहेको चेन्नाईको मुम्बई सामु चुनौती

एजेन्सी।  भारतमा जारी ईण्डियन प्रिमियर लिग(आईपिएल)मा आज एक खेल हुदै छ।

आज हुने खेलमा साबिकको विजेता मुम्बई ईन्डियन्स र यस संस्करणको अंक तालिकाको शिर्ष स्थानमा रहेको चेन्नाई सुपर किंग्स बिच नेपाली समयानुसार साझ ७:४५ मा खेल सुरु हुनेछ।

दिल्लीको अरुण जेट्ली स्टेडियममा हुने सो खेलमा जित हात पार्दै शिर्ष स्थानको पकटतालाई अझ मजबुत बनाउने लक्ष्यका साथ चेन्नाई मैदान उत्रदै गर्दा मुम्बई भने आजको खेलमा जित हात पार्दै आफु लयमा रहेको प्रमाणीत गर्न चाहान्छ।