करिब २ किलो सुनसहित तीनजना पक्राउ

करिब दुई किलो सुनसहित प्रहरीले काठमाडौको गौशालाबाट तीनजनालाई पक्राउ गरेको छ ।

महानरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार बिहान एक किलो ८५० ग्राम सुनसहित उनीहरुलाई पक्राउ गरेको हो ।

कुबेतबाट आएका मानिसहरुबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन लिएको पक्राउ परेका तीनजनाले बताएका छन् ।

सुन लिएर आउनेको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।