अमेरिकामा रहेको लिभरपुल मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार बेहोर्न बाध्य | OmkarTimes.com

काठमाडाैँ । युरोपियन च्याम्पियन लिभरपुल नयाँ सिजनको तयारीमा खराब देखिएको छ ।

 

प्रि–सिजन भ्रमणमा हाल अमेरिकामा रहेको लिभरपुल मैत्रीपूर्ण खेलमा लगातार दोस्रो हार बेहोर्न बाध्य भएको छ ।

 

बोस्टनको फेनवे पार्कमा नेपाली समय अनुसार सोमबार बिहान भएको खेलमा लिभरपुल स्पेनिस क्लब सेभिल्लासँग पराजित भएको हो । १० खेलाडीमा सीमित भएको सेभिल्लाले लिभरपुललाई २–१ ले पराजित गरेको हो ।

 

 

नोलितोले सेभिल्लाका लागि सुरुवाति गोल गरेका थिए । लिरभपुलका डिभोक ओरिजीले बराबरी गोल गरे । ९० औँ मिनेटमा एलेहान्ड्रो पोजोले गोल गर्दै सेभिल्लालाई जित दिलाए ।

 

यासर लारुचीलाई किक हानेका जोरिस ग्नाग्नोन सीधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सेभिल्ला १० खेलाडीमा सीमित भएको थियो ।