
एजेन्सी । युभेन्ट्सले नयाँ सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । एडिडासले तयार पारेको जर्सी स्टार खेलाडीहरुले बिहीबार दिउँसो सार्वजनिक गरेका हुन् ।

टोलीका सुपर स्टार क्रिस्टियानो रोनाल्डोसहित टोलीको अन्य खेलाडीले सांघाईमा समर्थकहरुका माझ जर्सी सार्वजनिक गरेका हुन् । रोनाल्डो र टोलीका अन्य खेलाडीले चीनिया भाषामा लेखिएको आफ्नो नाम रहेको जर्सी प्रदर्शन गरेका थिए ।

इटालियन च्याम्पियन अहिले प्रि सिजन टुरको सिलसिलामा एसिया भ्रमणमा छन् ।
पुरुष महिला दुवै टोलीका खेलाडीले जर्सी सार्वजनिक गरका थिए ।
