आजको राशिफल : २०७८ साल मंसिर २७ गते सोमबार

आज मिति २०७८ साल मंसिर २७ गते, साेमबार । इश्वी सन २०२१ डिसेम्बर, १३ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः दशमी, २४ः३६ बजे उप्रान्त एकादशी । नक्षत्रः रेवती, २९:२७ बजेउप्रान्त अश्विनी । योगः व्यतीपात, १०:१६ बजे उप्रान्त वरियान् ।

मेष = भाग्यमा वृद्धि तथा स्वास्थ्यमा सुधार हुने देखिन्छ । तर आज हजुरले वासी तथा तारेको खाना नखानु होला । नत्र पेट सम्बन्धी समस्याले समय तथा पैसाको क्षति गराउने छ ।

वृष = कार्य सम्पन्न तथा आर्थिक उन्नतिको राम्रो योग रहेको छ । प्रेमसम्बन्धमा नसोचेको सफलता मिल्नेछ । मध्यान्हदेखि पारिवारिक समस्या बढ्न सक्ने छ ।

मिथुन = स्वास्थ्यको कारणले महत्वपूर्ण कार्य रोकिनेछ । आफन्तको सहयोगले कार्य तथा आर्थिक सहयोग हुनेछ । प्रेमिकाद्वारा भने धोका पाइने छ ।

कर्कट = बोल्दा निकै विचार पुर्‍याउनु होला । अनावश्यक विवाद उत्पन्न हुनाले मान प्रतिष्ठामा आच आउने छ । विद्यार्थी वर्गको लागि निकै राम्रो समय रहेको छ ।

सिंह = प्रेम सम्बन्ध आर्थिक उन्नति तथा मानसम्मान क्षेत्रमा सफलता मिल्नेछ । सकभर आजको दिन तामसी भोजन नगर्नाले मनमा उत्साह तथा सकरात्मक सोचको वृद्धि हुनेछ ।

कन्या = बोलीको प्रभाव बढ्नेछ । नसोचेको आर्थिक उन्नति हुने छ । पारिवारिक सम्बन्ध प्रगाढ बन्नेछ । सन्ध्याकालमा सामान्य चोटपटकको योग रहेको हुदाँ यात्रा तथा सवारी सधान कम प्रयोग गर्नु होला ।

तुला = मनमा उत्साह र उमङ्गको वृद्धि हुनेछ । सन्तान सुख तथा दाम्पत्य जीवन आरम्भ योग रहेको छ । राजनैतिक सफलता प्राप्ति हुने छ ।

वृश्चिक = सामाजिक पद प्रतिष्ठा तथा राजनैतिक प्रतिष्ठामा आच आउन सक्नेछ । बोल्दा निकै संयमित रहनु होला । स्वास्थ्यले साथ दिनाले मध्यान्हदेखि महत्वपूर्ण निर्यण लिइने छ ।

धनु = स्वास्थ्यमा गम्भिर तथा प्रतिष्ठामा आघात हुने प्रकारको योग रहेको हुँदा निकै संयमित रहनुहोला । मित्रजनकाे सहयोग रहनेछ । प्रेमसम्बध अगाडि बढ्ने छ ।

मकर = आर्थिक अभावले गर्दा विश्वास टुट्ने छ । आर्थिक आश्वासन कसैलाई पनि नदिनुहोला प्रेमसम्बन्ध भने राम्रो हुने छ । स्वास्थ्यले साथ दिनेछ ।

कुम्भ = प्रेमसम्बन्धमा किचलो आउनेछ । बाेलीको प्रभाव बढ्नेछ । सन्तान सुख हुनेछ भने आर्थिक उन्नतिमा ह्रास आउनेछ । खानपानमा विचार गर्नु होला ।

मीन = प्रेम सम्बन्धमा बाधिन सकिनेछ । रोकिएका कार्यहरु बन्नेछन् । पारिवारिक सम्बन्ध राम्रो हुनेछ । मनमा उत्साह थपिनेछ अध्ययनमा सफलता मिल्नेछ ।