हिमालयन शेर्पाले च्यासललाई हरायो

शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको पहिलो खेलमा हिमालयन शेर्पाले च्यासल युथ क्लबलाई हराएको छ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा भएको खेलमा  हिमालयन शेर्पाले च्यासललाई ३–१ गोलले हरायो ।

हिमालयनका लागि विदेशी खेलाडी मुटम्बा पिस्टनले २ र सुरेश कुमालले एक गोल गरे । जितसँगै हिमालय शेर्पा आठ अंकसहित छैठौँ स्थानमा छ ।

पराजित भएको च्यासल युथ क्लब ४ अंकका साथ १३ औं स्थानमा छ ।