पारस-हिमानी पुत्री कृतिकाले जिप्रका पुगेर लिइन् नेपाली नागरिकता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहकी नातिनी कृतिका शाहले नेपाली नागरिकता लिएकी छन् ।

नागरिकता बनाउन उनी आमा हिमानीसँगै हिजो जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेकी थिइन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार नागरिकतामा उनको नाम ‘कृतिका राज्यलक्ष्मी देवी शाह’उल्लेखित छ ।

कृतिकाले वंशजको नागरिकता प्राप्त गरेकी हुन् ।

प्रजिअ रिजालले उनलाई नागरिकताको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

१८ वर्ष पुगेकी कृतिका पारस-हिमानीकी कान्छी छोरी हुन् ।

उनकी दिदी पूर्णिका र दाजु हृदयन्द्रले पनि जिप्रकामै पुगेर नागरिकता लिएका थिए ।

लोकतन्त्र आएपछि मात्रै राजपरिवारका सदस्यले जिप्रका पुगेर नेपाली नागरिकता लिन थालेका हुन् ।