
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कोरोनाको लक्षण देखिएपछि गरिएको परीक्षणका क्रममा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।
एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले ओलीमा कोरोना पुष्टि भएको बताएका छन् ।
ओलीमा शनिबार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि पिसिआर गरिएको थियो । ओली हाल बोलकोटस्थित निवासमै आइसोलेशनमा छन् ।