४५ सय नमुना परीक्षण गर्दा १७ जनामा मात्रै संक्रमण, शुन्य मृत्यु

काठमाडौं — पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

४ हजार ५४३ नमुना परीक्षण गर्दा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा ४०९ संक्रमित निको भएका छन् । हालसम्म ९८.४ प्रतिशत संक्रमित निको भइसकेका छन् ।

शनिबार कोरोनाबाट संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोना संक्रमणबाट ११ हजार ९५० जनाको मृत्यु भएको छ ।

हाल देशभर ३ हजार ५९५ सक्रिय संक्रमित रहेका छन् ।