कञ्चनपुरमा घर भत्किँदा शिशुको मृत्यु , दुईजना घाइते

कैलाली । कञ्चनपुरको बेदकोट नगरपालिका ५ पोल्खरीमा घर भत्किँदा एक शिशुको मृत्यु भएको । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार करिब ४/५ महिनाको शिशुको पुरानो घरमा पुरिएर मृत्यु भएको हो ।

घर भत्किदा ११ वर्षीय अर्जुन खुना र ४० वर्षीय मन्ते थारु पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।

उनका अनुसार मृतक शिशु र घाइते बालक घरभित्रै सुतेका थिए भने अर्का घाइते थारु घर छेउमै विश्राम गरिरहेका थिए ।