
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि रोक्नका लागि ब्याजदर वृद्धि गर्नुपर्ने बताएका छन् ।आज संसदको अर्थसमितिमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिको छलफलमा गभर्नर अधिकारीले मूल्यवृद्धि रोक्नका लागि ब्याजदर वृद्धि गर्नपर्ने बताएका हुन् ।
पछिल्लो समय उद्योगी व्यापारीले ब्याजदर वृद्धि गर्न नहुने भनिरहेको बेला गभर्नर अधिकारीको भनाइ अनुसार फेरि ब्याजदर वृद्धि हुने संकेत गरेका छन् । ब्याजदर वृद्धि गर्नुको विकल्प नै नभएको समेत उनले बताए ।
अर्थसमितिले मौद्रिक नीतिको छलफलका लागि गभर्नरलाई बोलाएको थियो ।गभर्नरले भने, ‘कोरोनापछि प्रायः सबै देशमा मूल्य वृद्धि भएको छ । ती देशहरुको मौन्द्रिक उपायहरुमा ब्याजदर वृद्धि नै परेको छ । नेपालमा पनि अझ जेठ महिनामा मूल्य वृद्धि माथि जाने अनुमान छ ।
मूल्य वृद्धि रोक्नका लागि नै मौद्रिक नीति आउने हो । हामी पनि ब्याजदर वृद्धि गर्नै पर्ने अवस्थामा रहेका छौं ।’ १० महिनाको समयमा २।४७ अर्बले विदेशी संचिति घटेको अधिकारीले बताए ।