• राजनीति

    नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै

      ओमकार टाइम्स


    काठमाडौं : नेकपा एमालेको स्थायी कमिटी बैठक आज साँझ ५ बजेका लागि बोलाइएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

    पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै थप निर्णय लिइने कार्यालय सचिव शेरबहादुर तामाङले बताए । अघिल्लो स्थायी कमिटी बैठकले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने सुरेन्द्र पाण्डे, घनश्याम भुसालसहित १२ सांसदसँग स्पष्टीकरण मागेको थियो । उनीहरू कसैले स्पष्टीकरण बुझाएका छैनन् ।

    यसअघि माधव नेपाल, झलनाथ खनाल र भीम रावलसहित ११ जनालाई पार्टीबाट निष्कासन गरिसकेको एमालेले आज थप नेतामाथि कारवाही अघि बढाउने सम्भावना रहेको बताइएको छ । यसैगरी हिजो सार्वजनिक गरिएको बजेट र सुदूरपश्चिम प्रदेशमा पार्टीका प्रदेशसभा सदस्यबाट भएको अनुशासनहीनतामाथि कारबाही लगायतका विषयमा बैठकमा छलफल हुने सम्भावना छ ।

    प्रतिकृया दिनुहोस