• मुख्य

    प्रकृति र प्राणीबीच अन्योन्याश्रित सम्बन्ध : प्रदेश प्रमुख गुरुङ

      ओमकार टाइम्स


    गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले तिहार मनाउने हाम्रो मौलिक सांस्कृतिक परम्पराले प्रकृति, मानव जीवन र प्राणी जगत्को अन्योन्याश्रित सम्बन्ध रहेको बताउनुभएको छ ।

    तिहार पर्वको अवसरमा आज एक शुभकामना सन्देश प्रकाशित गर्दै उहाँले यमपञ्चकको पाँच दिनसम्म मनाइने यस पर्वमा मानव जीवनका अनेक पक्षसँग जोडिएका पशुपन्छी र वनस्पतिको सम्मानस्वरूप पूजा गर्ने प्रचलन रहेको बताउनुभएको छ ।

    घरघरमा काग, कुकुर, गाई, गोवद्र्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने, देउसी भैलो खेल्दै नाचगान र मनोरञ्जन गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहेको शुभकामना सन्देशमा उल्लेख छ ।

    उज्यालो पर्व तिहारले हामी सबैलाई सत्य र न्यायको मार्गमा अग्रसर रहन प्रेरित गरोस् भन्ने कामना गर्दै सन्देशमा उहाँले कोरोना भाइरसको महामारीका कारण परिवारका सदस्य तथा समाजको बृहत् सुरक्षालाई विशेष ध्यान दिन सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा आग्रह गर्नुभएको छ ।

    प्रतिकृया दिनुहोस