• पत्र-पत्रिका

    गाउँमा जान मान्दैनन् बिमा कम्पनी

     


    काठमाडौं : ग्रामीण भेगमा बिमाको पहुँच पुर्याउने सरकारको उद्देश्य भए पनि कम्पनीहरू भने शहरकेन्द्रित व्यवसायमा रमाइरहेका छन्। बिमा समितिले आगामी वर्षभित्र बिमाको पहुँच २५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ।

    नयाँ पत्रिका दैनिकमा प्रकाशित समाचारअनुसार कम्पनीहरू शहरकेन्द्रित व्यवसायभन्दा बाहिर नगएका कारण सो लक्ष्य पूरा हुने अवस्था नदेखिएको हो। समितिको तथ्यांकअनुसार एक हजार नौ सय ८३ शाखा सञ्चालनको अनुमति बिमा कम्पनीले लिएका छन्। त्यसमध्ये गण्डकी प्रदेशमा  ५०३ शाखा कार्यालय शहरकेन्दिर्त छन्। अन्य प्रदेशमा सञ्चालित शाखा पनि शहरकेन्द्रित रहेको तथ्यांकले देखाउँछ।

    शहरी क्षेत्रमा आर्थिक गतिविधिका साथै जोखिम पनि बढी हुने भएकाले कम्पनीहरूको आकर्षण हुने गरेको युनाइटेड इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताए। यद्यपि दुर्गम क्षेत्रमा पनि जोखिम उत्तिकै छ। तर आर्थिक गतिविधि कम हुने भएकाले कम्पनीहरू जान नचाहने बिमा समितिकी निमित्त प्रमुख कार्यकारी अधिकृत राजुरमण पौडेलले बताए।

    प्रतिकृया दिनुहोस