• देश

    गगन र विश्वप्रकाशले पठाए डोल्पाका विद्यार्थीलाई शैक्षिक सामाग्री

      ओमकार



    डोल्पा । डोल्पाको एक सामुदायिक विद्यालयमा लाखौँ रकम बराबरको शैक्षिक सामाग्री वितरण गरिएको छ।

     

    त्रिपुरासुन्दरी नगरपालिका १ मा रहेको त्रिपुरा मावि काटियाँचौरमा अध्ययनरत दलित, विपन्न, अनाथ, अपांग लगायतका सम्पूर्ण विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।

     

    विद्यालय व्‍यवस्थापन समितिका अध्यक्ष देवीकृष्ण उपाध्यायको पहलमा नेपाली कांग्रेसका नेता गगन थापा र प्रवक्ता विश्वप्रकाश शर्माले शैक्षिक सामग्री पठाएका हुन्।

     

    कापीको बाहिरी आवरणमा ‘स्कुल इन अ ब्याग’लेखेर गगन थापाले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै गरेको तस्वीर छापिएको छ। भने झोलाको बाहिरपट्टि ‘शिक्षाले राष्ट्रलाई माथि उचाल्छ’,’रमाइलो विद्यालय अभियान’ लेखिएको छ।

     

    नेताद्धयले पठाएको एकसय थान झोला,एकहजार थान कापी, त्यत्तिकै संख्‍यामा पेन्सिल र इरेजर लगायतका शैक्षिक सामग्री विद्यालयमा अध्ययनरत एक सय विद्यार्थीलाई वितरण गरिएको विद्यालयले जनाएको छ। शैक्षिक सामग्री पाएपछि विद्यार्थीहरू खुसीले दंग छन्।

     

    विद्यालय व्‍यवस्थापन समिति अध्यक्ष उपाध्यायको पहलमा शैक्षिक सामग्री माग गरेर वितरण गरिएको हो। समिति अध्यक्ष  उनले काठमाडौं नै पुगेर शैक्षिक सामग्री सहयोग गर्नका लागि आग्रह गरेका थिए।

     

    विद्यार्थीलाई केही राहत होला भनेर काठमाडौं नै पुगेर शैक्षिक सामग्री ल्याउन पहल गरेको समिति अध्यक्ष उपाध्यायले बताए।प्रत्येक विद्यार्थीलाई कक्षाअनुसार झोला, कपी, पेन्सिल इरेजर लगाएतका शैक्षिक सामाग्रि बितरण गरिएको प्रधानाध्यापक रमानन्द उपाध्यायले बताए।

     

    शैक्षिक सामग्रीको सहयोग जुटाएको भन्दै अभिभावक, विद्यार्थीले विद्यालय व्यवस्थापन समिति अध्यक्ष उपाध्यायलाई धन्यवादसमेत दिएको छ।

    प्रतिकृया दिनुहोस