सुनजस्तो वस्तु देखाएर ठग्न खोज्ने दुईजना महाराजगञ्जबाट पक्राउ

फलाममा सुनको लेप लगाएर ‘सुन हो’ भनेर ठग्न हिँडेका दुई जनालाई प्रहरीले महाराजगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा  प्रेम बहादुर मगर र तोकमान तामाङ छन् ।उनीहरुले ‘सुन हो’ भनेर सस्तोमा बेच्ने बहाना गरेर ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना अधिकृतले रातोपाटीलाई बताए ।

प्रहरीले अरोपीहरुको साथबाट फलाममा सुन लेपन गरिएको एक किलो धातु बरामद गरेको छ । आरोपीहरुबाट प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।