केपी ओलीलाई कालो झण्डा देखाउने जसपाका १२ कार्यकर्ता पक्राउ

केपी ओलीलाई कालो झण्डा देखाउने जनता समाजवादी पार्टी (जसपा) का १२ जना कार्यकतालार्ई पक्राउ गरिएको छ । शनिबार उनलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालोझण्डा देखाइएको थियो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर पुगेका छन् ।

यसअघि उनी नेपाली काँग्रेसका युवा नेता सन्तोष यादवलगायतका नेतालाई पार्टीमा प्रवेश गराउन भदौ २७ गते जनकपुर पुगेका थिए । १८ दिनपछि उनी पुनः जनकपुर पुगेका छन् ।