
नेपालमा थप ११९ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ८४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ८९ जना तथा एन्टिजेनबाट ३० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १३० जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १९१ पुगेको छ । यही अवधिमा खोप लगाएको तथ्याङ्क प्राप्त नभएको मन्त्रालयले जनाएको छ ।