
बुधबार काठमाडौं उपत्यकामा ३ हजार १ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज काठमाडौंमा २ हजार ३ सय ९१, ललितपुरमा ५ सय ४३ र भक्तपुरमा १ सय ७३ जनामा कोरोना पुष्टि भएको हो ।
बुधबार देशभर ५ हजार ७ सय ४३ जना संक्रमित थपिएका छन् । २० हजार १ सय १८ को पीसीआर गर्दा ५ हजार ७ सय ४३ नयाँ संक्रमित थपिएका हुन् ।
योसहित संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ । जसमध्ये ४४ हजार ४ सय ७६ जना सक्रिय संक्रमित हुन् ।
त्यस्तै, आज २ हजार ९ सय ९६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ ।