कठमाडौ : नेपालका लागि नेपाली अभियान संस्थाले ज्ञानेन्द्र शाहीलाई निस्कासन गरेको छ । हिजो बुधबार बसेको आकस्मिक बैठकले शाहीलाई निस्कासन गरेको समूहले जनाएको छ । राजावादी भनेर चिनिएका शाहीलाई कुनै भूमिकामा नरहनेगरी निस्कासन गरेको समूहले जनाएको छ ।

 

नेपालका लागि नेपाली अभियानमा ज्ञानेन्द्र शाहीको अब कुनै भूमिका र जिम्मेबारी नरहने उक्त समूहले विज्ञप्ति जारी गरेर भनेको छ।

 

भ्रष्टाचार विरोधी अभियान्ताको नामबाट आफूलाई चिनाउने शाही पछिल्लो पटक नेपालगञ्ज विमानस्थलमा मन्त्री योगेश भट्टराईलाई थर्काएपछि थप चर्चामा आएका थिए । भ्रष्टाचारीको भण्डाफोर अभियान आफूले शुरु गरेको बताएका थिए ।