एजेन्सी – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सिँढी चढ्दै गर्दा लडेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
पहिलो पटक कानपुर पुगेका मोदी अटल घाटको सिँढी उक्लिदै गर्दा लडेका हुन् । प्रधानमन्त्री मोदी गङ्गा सरसफाइ सम्बन्धी एउटा आयोजनाको छलफलका लागि त्यहाँ पुगेका थिए ।
सिँढीमा लडेपछि उनलाई तत्काल अङ्गरक्षकले उठाएका थिए । अटलघाट गंगामा यात्रा गरिसकेपछि सिँढी चढ्दै गर्दा खुट्टा चिप्लिएपछि उनी लडेको भिडियो क्लिपमा देखाइएको छ ।