संविधानविद् र कानुनविदसँग सभामुख सापकोटाको परामर्श

काठमाडौं : सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले त्यस विषयमा परामर्श गरिरहेका छन् । सभामुखले आज संविधानविद, कानुनविद र वरिष्ठ अधिवक्ताहरुसँग छलफल गर्दैछन् ।

दिउँसो १ बजे बानेश्वरस्थित ल्होत्से हलमा सभामुखले कानुनका जानकार सहितको छलफल गर्ने कार्यक्रम तय भएको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले यही जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गरेकी थिइन् । त्यसपछि सभामुख सापकोटा निरन्तर छलफलमा छन्।

बिज्ञापन

उनले जेठ ११ गते पूर्वसभामुखहरुसँग पनि परामर्श गरिसकेका छन्। संविधानका अन्य प्रावधानलाई कसरी क्रियाशील बनाउने र कार्यान्वयन गर्नेबारे उनले परामर्श लिइरहेका बताइएको छ ।